News फुङनाम गोल्डकपः युनिक फाइनलमा, उपाधिका लागि आयोजक फुङनामसँग भिड्ने
गोलनेपाल

चुलाचुली । युनिक युवा क्लब, साक्फारा जारी प्रथम फुङनाम गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ ।

बिहीबार भएको दोस्रो सेमिफाइनलमा युनिकले हिमाल युनाइटेड फुटबल क्लब, कानेपोखरीलाई ३–१ ले हराउँदै फाइनलमा आफ्नो स्थान पक्का गर्न सफल भएको हो ।

युनिकको जितमा ओशन राईले दुई गोल गर्दा थप एक गोल प्रबिन राईले गरे । उता पराजित हिमालका लागि भने निश्चल खड्काले एक मात्र गोल फर्काएका थिए । खेलमा दुई गोल गरेका युनिकका ओशन राई म्यान अफ दि म्याच चुनिए ।

अब यही फागुन २९ गते शुक्रबार हुने फाइनलमा युनियक युवा क्लबले आयोजक फुङनाम स्र्पोटिङ क्लबसँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने आयोजकले जानकारी दियो ।

फुङनाम स्र्पोटिङ क्लब, फुङनाम, इलामको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

 

Post Comments