मिक्लाजुङ । आयोजक कन्याटार गोल्डकप सञ्चालन समिति पाँचथरमा जारी प्रथम कन्याटार गोल्डकप आमन्त्रित नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार सम्पन्न तेस्रो क्वाटरफाइनलमा कन्याटारले माङसेबुङ गाउँपालिका, इलामलाई २–१ ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो । आयोजक कन्याटारको जितमा दुवै गोल उपेन्द्र राईले गरे । उता पराजित माङसेबुङका लागि भने आशिष लावतीले एक मात्र गोल फर्काएका थिए । खेलमा कन्याटारका दुई गोलकर्ता उपेन्द्र राई म्यान अफ द म्याच घोषित भए ।
प्रतियोगिता अन्तर्गत बैशाख २९ गते मंगलबारको चौथो क्वाटरफाइनल खेल दशमी युवा क्लब, इलाम र राइजिङ स्टार स्र्पोटिङ क्लब, पाँचथरबीच हुने आयोजकले जानकारी दियो ।
कन्याटार गोल्डकप सञ्चालन समिति, मिक्लाजु–६, पाँचथरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल भने जेठ १ गतेका दिन हुनेछ ।
- तुम्बेवा अध्यक्ष कपमा फक्ताङलुङ,कुम्मायक र तुम्बेवा १ क्वाटर फाइनलमा प्रवेश
- दोस्रो त्रिशाली गोल्डकपको उपाधिका लागि म्याङलुङ स्पोर्टिङ र रेड हर्ष एफसी इलाम भिड्ने
- तेह्रथुमको म्याङलुङ स्पोर्टिङ पॉचथरमा जारी त्रिशाली गोल्डकपको उपाधि नजिक
- पथरी एघार पॉचथरमा जारी त्रिशाली गोल्डकपको सेमिफाइनलमा प्रवेश
- उत्कृष्ट कमब्याक गर्दै म्याङलुङ स्पोर्टिङ त्रिशाली गोल्डकपको सेमिफाइनलमा