News
टि.डब्लु.वाई.सी. मिल्स गोल्डकपको फाइनलमा
रानी । टि.डब्लु.वाई.सी. बिराटनगर, मोरङमा जारी छैठौं मिल्स गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा टि.डब्लु.वाई.सी.ले ब्रदरहुड फुटबल क्लबलाई १–० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।
टि.डब्लु.वाई.सी.को जितमा दोर्जे तामाङले गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो । निर्णायक गोलकर्ता टि.डब्लु.वाई.सी.का दोर्जे तामाङ नै खेलको प्लेयर अफ द म्याच चुनिए ।
प्रतियोगिता अन्तर्गत जेठ १४ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल लालीगुराँस स्र्पोटिङ क्लब, रानी र कोशी प्रदेश प्रहरी कार्यालय, रानीबीच हुने आयोजकले जानकारी दियो ।
Post Comments