News इङल्याण्ड रोकियो, क्रोएशियाको जित, पनामा नकआउट
गोलनेपाल

काठमाडौं (एजेन्सी) । फिफा विश्वकपको समूह एलतर्फ बलियो प्रत्याशीका रुपमा हेरिएको इङल्याण्ड आफ्नो समूह चरणको दोस्रो खेलमा बराबरीमा रोकिएको छ ।

पहिलो खेलमा क्रोएशियालाई ४–२ ले हराएर उत्कृष्ट शुरुवात गरेको इङल्याण्ड दोस्रो खेलमा भने घानासँग गोलरहित बराबरीमा रोकिदै अंक बाँड्न बाध्य बन्यो ।

त्यस्तै सोही समूहको अर्को खेलमा क्रोएशियाले पनामालाई १–० ले पराजित गर्दै महत्वपूर्ण तीन अंक जोड्यो । क्रोएशियाको जितमा आन्टे बुडिमिरले एक मात्र निर्णायक गोल गरे ।

दुई खेलहरुको समाप्ति पश्चात् समान ४–४ अंक जोडेका इङल्याण्ड र घाना क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । ३ अंक जोडेको क्रोएशिया तेस्रो स्थानमा छ । अंकविहीन पनामा पुछारमा छ र प्रतियोगिताबाट बाहिरिएको छ ।

समूह एलमा इङल्याण्ड र घानासहित क्रोएशियाको पनि नकआउट चरणमा प्रवेश गर्ने सम्भावना कायम छ । समूह चरणको अन्तिम तथा निर्णायक खेलमा जुन २७ तारीखका दिन इङल्याण्डले पनामासँग खेल्नेछ भने सोही दिन क्रोएशियाले घानाको सामना गर्नेछ ।

Post Comments