News विश्वकप समूह बीः स्वीजरल्याण्ड र क्यानडा नकआउट चरणमा
गोलनेपाल

काठमाडौं (एजेन्सी) । फिफा विश्वकप २०२६ को समूह बी बाट स्वीजरल्याण्ड र सह–आयोजक राष्ट्र क्यानडाले सोझै नकआउट चरणमा स्थान बनाउन सफल भएका छन् ।

समूह चरणको अन्तिम खेलमा स्वीजरल्याण्डले क्यानडालाई २–१ ले हरायो । यो नतिजापछि तीन खेलबाट ७ अंक जोडेको स्वीजरल्याण्ड समूह विजेता बन्यो । हारका बावजुद ४ अंक जोडेको क्यानडा दोस्रो स्थानमा रहँदै समूह उपविजेता बन्यो ।

त्यस्तै अन्तिम खेलमा कतारलाई १–३ ले हराएको बोस्निया एण्ड हर्जगोभिनाको पनि समान ४ अंक हुनु बावजुद गोलभिन्नताले पछि पर्दै तेस्रो स्थानमा रह्यो । यद्यपि उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने टोलीका रुपमा बोस्नियाको नकआउट चरण प्रवेश गर्ने सम्भावना भने कायम छ । त्यस्तै १ अंकका साथ पुछारमा रहेको कतार भने समूह चरणबाटै बाहिरिएको छ ।

Post Comments