News रुपन्देहीमा अन्तर माविस्तरीय अक्सफोर्ड नेपाल फुटसल कप हुँदै
सुरज राना मगर

सैनामैना । अक्सफोर्ड नेपाल एजुकेशनल कन्सल्टेन्सी प्रा.लि., सैनामैना, रुपन्देहीको आयोजानामा यही असार २० र २१ गतेका दिन अक्सफोर्ड नेपाल फुटसल कप अन्तर माविस्तरीय फुटसल प्रतियोगिता हुने भएको छ ।

विद्यालयस्तरबाट प्रतिभावान खेलाडीहरुलाई राष्ट्रियस्तरमा पुग्न तथा खेलकुदमार्फत अनुशासन, नेतृत्व क्षमता र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न प्रतियोगिता आयोजनाको मुख्य उद्देश्य रहेको आयोजक संस्थाका अनिल तामाङले बताए ।

सैनामैना स्थित कृपा फुटसलमा हुने प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक विद्यालयहरुका लागि यही असार १८ गतेसम्म टिमदर्ता खुला गरिएको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ हजार हात पार्नेछ भने उपविजेताले १० हजारसहित ट्रफी, मेडल र प्माणपत्र प्राप्त गर्नेछ । त्यसबाहेक विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

विस्तृत जानकारकिा लागि सम्पर्क नम्बर ९७६२३२३६६७ मा सम्पर्क गर्न सकिने पनि आयोजकले जानकारी दियो ।

Post Comments