बेलबारी । बेलबारी नगरपालिका–३ स्थित प्रस्तावित बेलबारी फुटबल क्लबको खेल मैदानमा जारी प्रथम कोशी प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिता अन्तर्गत आज सम्पन्न उद्घाटन खेलमा चन्द्रगढी युथ क्लब, झापा ले धनकुटा जिल्ला फुटबल सङ्घ लाई २–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
चन्द्रगढी युथ क्लबका लागि देवेन्द्र तामाङ र सौरब सुब्बा ले समान एक–एक गोल गरे। पहिलो हाफमा सौरभ लिम्बू को कर्नर किकमा देवेन्द्र तामाङले आकर्षक हेडमार्फत गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए।
दोस्रो हाफमा पनि आक्रामक खेल प्रस्तुत गरेको चन्द्रगढी युथ क्लबका लागि सौरब सुबाले उत्कृष्ट फिनिस गर्दै अर्को गोल थपेपछि टोलीले २–० को सहज जित हात पार्यो।
धनकुटा जिल्ला फुटबल सङ्घले खेलभर केही राम्रो अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न सकेन। पहिलो हाफमा विक्रम लिम्बूको प्रहार क्रसबारमाथिबाट बाहिरिएको थियो भने दोस्रो हाफमा उनले पाएको अर्को उत्कृष्ट अवसरमा प्रहार क्रसबारमा लागेर फर्किएको थियो। खेलको प्लेयर अफ द म्याच चन्द्रगढी युथ क्लबका देवेन्द्र तामाङ घोषित भए।
- तेस्रो पथरी शनिश्चरे गोल्डकपको मिति घोषणा
- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक
- प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकपको आयव्यय सार्वजनिक
- इटहरी पेनाल्टी सुटआउटमा विजयी हुँदै फाइनलमा, केराबारीसँग उपाधि भिडन्त तय