News मोरक्को क्वाटरफाइनलमा पुग्ने पहिलो टोली
गोलनेपाल

काठमाडौं (एजेन्सी) । अफ्रिकी जायन्ट मोरक्को जारी फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।

शनिबार राती सम्पन्न पहिलो प्रिक्वाटरफाइनलतर्फ मोरक्कोले सह–आयोजक राष्ट्र क्यानडाको चुनौति ३–० ले पन्छाउँदै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।

खेलमा मोरक्कोले तीनै गोल दोस्रो हाफमा गर्यो । खेलको ५२औं मिनटमा अजेदिन उनाहीले पहिलो गोल गरे भने ८२औं मिनटमा उनाहीले नै व्यक्तिगत दोस्रो र टोलीका लागि पनि दोस्रो गोल थपे । त्यस्तको अन्तिमतिर इन्जुरी समयमा सुफियाने रहिमीले तेस्रो गोल गर्दै मोरक्को उत्कृष्ट जित सुनिश्चित गरे ।

मोरक्कोले अब जुलाई ९ तारीखका दिन हुने पहिलो क्वाटरफाइनलमा पाराग्वे वा पूर्व विजेता फ्रान्सको सामना गर्नेछ ।

Post Comments