News रुपन्देहीमा प्रथम ज्ञानपुञ्ज कप अन्तर विद्यालय फुटबल प्रतियोगिता हुँदै
गोलनेपाल
बुटवल । ज्ञानपुञ्ज इङ्ग्लिस बोर्डिङ स्कुल, बुटवल–११, रुपन्देहीको आयोजनामा प्रथम ज्ञानपुञ्ज जिल्ला स्तरीय अन्तर-विद्यालय ७-ए-साइड फुटबल प्रतियोगिता–२०८३ आयोजना हुन गइरहेको छ।
 
यस प्रतियोगिताको उद्देश्य विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि अभिवृद्धि गर्नुका साथै अनुशासन, नेतृत्व क्षमता, सहकार्यको भावना, खेलभावना तथा स्वस्थ प्रतिस्पर्धात्मक संस्कारको विकास गर्नु हो। साथै, विद्यार्थीहरूलाई आफ्नो खेल प्रतिभा प्रदर्शन गर्ने र प्रतिस्पर्धात्मक वातावरणमा सिक्ने उत्कृष्ट अवसर प्रदान गर्नु पनि यस प्रतियोगिताको प्रमुख लक्ष्य हो।
 
यस अवसरमा रुपन्देही जिल्लाका सम्पूर्ण विद्यालयहरूलाई आफ्ना प्रतिभावान् खेलाडीहरूको सहभागिता सुनिश्चित गरी प्रतियोगितालाई भव्य र सफल बनाउन हार्दिक आमन्त्रण गरिएको छ ।
 
प्रतियोगिताको अवधि
वि.सं. २०८३ साल भाद्र १ गतेदेखि ८ गतेसम्म
 
प्रतियोगिताको स्थान
एन्फा टेक्निकल सेन्टर, देवीनगर, बुटवल–११, रुपन्देही
 
दर्ता तथा थप जानकारी
केशव नेपाली (खेल संयोजक)
📞 ९८१७४७१०८७
आयोजक समिति
📞 ९८६३५६४१९६ / ०७१–५०९०११
 
 
Post Comments