News एन पेनाङ एफसीले आशिष राईका लागि करिब १२ लाख रुपैयाँ जुटायो
गोलनेपाल

काठमाडौं । मलेसियामा एन पेनाङ एफसी ले आयोजना गरेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल सिरिजमार्फत २१,१४४ मलेसियन रिङ्गिट (करिब रु ७,८४,१६१) संकलन गरेको छ।

यससँगै अष्ट्रेलियास्थित नेपबोर्न एफसीबाट थप रु ४ लाख सहयोग प्राप्त भएपछि कुल रकम करिब रु ११,८४,१६१ पुगेको छ।

घाइते नेपाली फुटबलर आशिष राईको उपचार सहयोगार्थ सञ्चालन गरिएको अभियानमा खेलाडी, समर्थक तथा विभिन्न क्लबहरूको उल्लेखनीय साथ रह्यो।

हिमालयन vs एन पेनाङ, एन पेनाङ vs नेपबोर्न एफसी तथा एन पेनाङ एफसी vs हिमालयन एफसी लगायतका खेलमार्फत रकम संकलन गरिएको हो। साथै, यस अभियानअन्तर्गत एन पेनाङ एफसी भेटेरान्स, झापा र नेपबोर्न एफसी भेटेरान्स बीच सम्पन्न मैत्रीपूर्ण खेलबाट पनि सहयोग रकम उठाइएको हो।

यस अभियानको सुरुवात गर्ने एन पेनाङ एफसीका अध्यक्ष अंकित थापा मगर प्रति विशेष धन्यवाद व्यक्त गरिएको छ।

Post Comments