काठमाडौं । प्रवाशमा रहेर पनि देशको दुःखमा साथ दिने विभिन्न नेपाली समुदायहरुको सूचीमा बुद्ध एफसी, पोर्चुगल पनि थपिएको छ ।
पोर्चुगलमा रहेका प्रवासी नेपालीहरुद्वारा स्थापित बुद्ध एफसीले विभिन्न खेलकुद कार्यक्रमको आयोजनासँगै सामाजिक कार्यहरुमा पनि अग्रसर भई सहभागिता जनाउने र काम गर्दै आईरहेको छ ।
यसै क्रममा क्लबले केही साता अघि नेपालमा आएको विनाशकारी बाढीमा परेका पिडितहरुका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा केही आर्थिक सहयोग गरेको छ ।
क्लबले आफ्ना पदाधिकारी, खेलाडी तथा शुभेच्छुकहरुसँग स्वेच्छिक रकम संकलन गरी १ लाख ६१ हजार ४४१ रुपैयाँ र ९ पैसा राहत कोषमा सहयोग गरेको हो ।
राहत संकलन कार्यक्रमका संयोजक तथा क्लब कै व्यवस्थापकका रुपमा समेत सक्रिय भुपेन्द्र काउचा मगरले आफ्नो देशको यो विषम परिस्थतिमा परदेशमा रहेर पनि सहयोग गर्नु आफूहरुको जिम्मेवारी र दायित्व रहेको बताए ।
साथै, उनले यो सहयोग अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने सबैप्रति आभार र धन्यवाद समेत प्रकट गरे ।
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने