News नेपाल पुलिस फाइनलमा प्रवेश
गोलनेपाल

पथरी । अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो पथरी शनिश्चरे गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा नेपाल प्रहरी क्लब विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ।

पथरी शनिश्चरे नगरपालिका पथरी रंगशालामा आज सम्पन्न खेलमा नेपाल प्रहरीले न्युरोड टिम (एनआरटी) लाई पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो।

निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए। पहिलो हाफमा नेपाल प्रहरीका सुजन बलम्पाकी मगरले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा एनआरटीले पेनाल्टीमार्फत बराबरी गोल फर्कायो। एनआरटीका कप्तान आशिष गुरुङले पेनाल्टीमा गोल गर्दै खेल १–१ को अवस्थामा पुर्‍याए।

निर्धारित समयमा थप गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। पेनाल्टी सुटआउटमा नेपाल प्रहरीले ४–३ को जित निकाल्यो। नेपाल प्रहरीका गोलरक्षक अमितले एक प्रहार सेभ गर्न सफल भए भने एनआरटीको एक प्रहार साइड पोलमा लागेर फर्किएको थियो। एनआरटीका गोलरक्षकले पनि एक प्रहार बचाएका थिए। खेलको प्लेयर अफ द म्याच सुजन बलम्पाकी मगर घोषित भए।

Post Comments