
हाल नेपाल भ्रमणमा रहेका फिफाका दुई पदाधिकारीहरुले रौतहटमा रहेको महिला फुटबल एकेडेमीको निरीक्षण गरेका छन् । फिफाको एमए सर्भिस डाइरेक्टर थियोडोर जियानीकोस र फिफा डेभलपमेन्ट अफिसर प्रिन्स रुफुसले चन्द्रनिगाहपुरमा रहेको महिला फुटबल एकेडेमी निरीक्षण गरेका थिए ।
सो अवसरमा उनीहरुलाई स्थानीय महिला फुटबल खेलाडीहरुले फूलमाला सहित न्यानो स्वागत पनि गरेका थिए । स्मरण रहोस, अखिल नेपाल फुटबल संघ (एन्फा) ले निर्माण गरेको सो एकेडेमीका लागि आवश्यक आर्थिक सहयोग भने फिफाले नै गरेको थियो ।
नेपाली फुटबलको इतिहास मै पहिलो आवासीय महिला फुटबल एकेडेमीका रुपमा रहेको यो एकेडेमी निर्माणका लागि फिफाले चार करोड भन्दा बढी रकम सहयोग गरेको थियो ।
सो अवसरमा एन्फाका केन्द्रिय अध्यक्ष कर्मा छिरिङ शेर्पा तथा रौतहट, सर्लाही लगायतका जिल्ला फुटबल संघका अध्यक्षहरुको पनि उपस्थिति रहेको थियो । एन्फाका अनुसार उक्त एकेडेमी दशैभरिबाट उत्कृष्ट महिला फुटबल खेलाडीहरु छनौट गरी सक्दो छिटो सञ्चालन गर्ने बताएको छ ।
- विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ सेमिफाइनलमा
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- बागमती प्रदेश मुख्यमन्त्री कप महिला फुटबल प्रतियोगिता हुँदै
- अन्जनाको नयाँ गन्तव्य एपिएफ
- सातौं मेयर कप महिला फुटबल प्रतियोगिता आजदेखि (खेलतालिकासहित)