
हेटौडा । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी बर्षदेखि क्लबहरुसँग सहकार्य गरेर एकेडेमी सञ्चालन गर्ने योजना बनाए बमोजिम देशैभरि यु–१३ खेलाडी छनौट कार्यक्रम धमाधम भइरहेका छन् ।
यसैबीच बागमती प्रदेश अन्तरगत मकवानपुर जिल्लामा पनि यु–१३ खेलाडी छनौट कार्यक्रम सम्पन्न भएको छ । हेटौडाको फरेस्ट्री मैदानमा सम्पन्न छनौट कार्यक्रममा मकवानपुरका १०० भन्दा बढी बाल खेलाडीहरुले सहभागिता जनाएको प्रशिक्षक बिजय लाल श्रेष्ठले बताए ।
सो छनौट कार्यक्रममा मुख्य जिम्मेवारी निभाएका प्रशिक्षक श्रेष्ठलाई अन्य स्थानीय प्रशिक्षकहरु ज्ञानु क्षेत्री, सुवास घिसिङ र सुबिन घिमिरेले सघाएका थिए । प्रशिक्षक श्रेष्ठका अनुसार मकवानपुर जिल्लाबाट छनौट भएका खेलाडीहरुलाई प्रदेशस्तरीय छनौटका लागि काठमाडौं लैजाने बताए ।
सो अवसरमा मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामा, गोलनेपाल डटकमका प्रतिनिधी तथा खेलपत्रकार बिक्रम बानियाँ क्षेत्री लगायत अन्य अभिभावकहरुको पनि उपस्थिति रहेको थियो ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा