News
दावेदार सेन्ट्रल कलेज बिएफसी र गैंडाखोला–११ को भिडन्त आज

नयाँबस्ती । थिङकिङ मोटर्स दोस्रो भरतपुर २४ गोल्डकप नकआउट फुटबल प्रतियोगिताको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल आज हुँदैछ ।
खेलमा उपाधिको दावेदार मध्ये एक मानिएको सेन्ट्रल कलेज भरतपुर एफसी र रोदिज्ञा स्पोर्टस गैंडाखोला–११ भिड्दै छन् । भरतपुर–२४ स्थित सिद्धार्थ माविको खेलमैदानमा हुने आजको खेल दिनको ३ बजेदेखि शुरु हुने आयोजकले जनाएको छ ।
खेलको प्रत्यक्ष प्रसारण गोलनेपाल डटकमको आधिकारिक फेसबुक पेजबाट पनि हुनेछ ।
खेलकुद विकास समिति, भरतपुर–२४ र भरतपुर महानगरपालिका वार्ड नम्बर २४ को संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित २,०२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०१,१११ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताको फाइनल खेल भने यहि आउँदो चैत ७ गतेका दिन हुने समेत आयोजकले जनाएको छ ।
Post Comments