
काठमाडौं । हिरो आई लिगमा राउण्डग्लास पञ्जाब एफसीका लागि खेलिरहेका नेपालका नम्बर एक गोलरक्षक किरन चेम्जोङको टोलीले आइतबार लिगमा जितको स्वाद चाखेको छ ।
कोलकाता स्थित कल्याणी स्टेडियममा सम्पन्न खेलमा पञ्जाबले दश खेलाडीमा खुम्चिएको रियल काश्मिरमाथि १–० को साँघुरो जित निकाल्यो । पञ्जाबको जितमा भुटानी स्टार चेञ्चो ग्याल्सेन निर्णायक रहे ।
ग्याल्सेनले पहिलो हाफको ३७औं मिनटमा गरेको एक मात्र गोल पञ्जाबलाई महत्वपूर्ण तीन अंक दिलाउन प्रर्याप्त बन्यो । उता खेलको इन्जुरी समयमा लालरिन्दिका राल्टेले रातो कार्ड खाँदै मैदान छाड्दा काश्मिर दश खेलाडीमा खुम्चिएको थियो ।
लिग उपाधि होडका लागि जारी शिर्ष ६ टोलीबीचको च्याम्पियनसिप स्टेजमा भिडिरहेको पञ्जाब आइतबारको जितसँगै १४ खेलबाट २२ अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ । साथै शिर्ष स्थानको गोकुलम केरला भन्दा ४ अंकले पछाडी छ ।
त्यस्तै उता पञ्जाबसँग पराजित हुन पुगेको काश्मिर भने १८ अंकका साथ छैंटौ स्थानमा छ । पञ्जाबले लिग चरणको अन्तिम खेल शनिबार चर्चिल ब्रदर्शसँग खेल्नेछ ।
.@RGPunjabFC edge past 10-man @realkashmirfc
— Hero I-League (@ILeagueOfficial) March 21, 2021
Read 👉 https://t.co/g2WqQ937Mo#HeroILeague 🏆 #LeagueForAll 🤝 #IndianFootball ⚽ pic.twitter.com/dDQnPQWOXa