News
चन्द्रागिरी गोल्डकप एपिएफका अमृत सर्वोत्कृष्ट खेलाडी

प्रतियोगिताभरि उत्कृष्ट प्रदर्शन गर्दै एपिएफलाई उपाधि जिताउन अहम भूमिका खेलेको गोलरक्षक अमृत चौधरी तेस्रो चन्द्रागिरी मेयर गोल्डकपको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।
चौधरीले पुरस्कार वात नगद ३० हजार प्राप्त गरे । त्यस्तै प्रतियोगिता कै सर्वाधिक गोलकर्ता एपिएफ कै प्रविन स्याङ्तन बने । उनले पनि नगद ३० हजार प्राप्त गरे ।
स्मरणीय छ, शनिबार भएको फाइनल भिडन्तमा एपिएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई पेनाल्टी शुटआउटमा ५–४ ले हराउँदै उपाधि जित्न सफल भएको थियो ।
दिपशिखा युवा समूह, चन्द्रागिरी नगरपालिका–१३ पुरानो नैकापको आयोजनामा भएको प्रतियोगितामा कुल १२ टोलीहरुको सहभागिता रहेको थियो ।
Post Comments