काठमाडौं । थ्री नेशन्स कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता खेल्न नेपाल आएको किर्गिस्तानको ओलम्पिक टोलीले आइतबार त्रिभुवन आर्मी फुटबल क्लबसँग गोलरहित बराबरी खेलेको छ ।
दशरथ रंगशालामा सम्पन्न खेलमा आर्मीले केही राम्रा अवसरहरु पनि पाएको थियो । तर त्यसलाई सही रुपमा सदुपयोग गर्न सकेन । स्मरण रहोस, किर्गिस्तानको ओलम्पिक टोलीले एन्फा र आर्मीको आग्रहलाई स्वीकार्दै मैत्रीपुर्ण फुटबल म्याच खेल्न राजी भएको थियो ।
हाल एएफसी कपको प्रारम्भिक चरण खेल्ने तयारीमा रहेको आर्मीले त्यसका लागि आवश्यक प्रशिक्षणदेखि लिएर तयारी समेत गरिरहेको छ । एएफसी कपतर्फ आर्मीले अप्रिल ७ तारीखका दिन श्रीलंका पुलिसँग खेल्ने कार्यक्रम तय भइसकेको छ ।
उता थ्री नेशन्स कपमा नेपालसँग बराबरी र बंगलादेशसँग आत्मघाती गोलको दुर्भाग्यपुर्ण हारले प्रतियोगिताबाट बाहिरिन पुगेको किर्गिस्तान अब स्वदेश फर्किने बताइएको छ । थ्री नेशन्स कपको फाइनलमा भने सोमबार नेपाल र बंगलादेश भिड्दै छन् ।
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने