
बागमती । सहज जित निकाल्दै जावलाखेल युथ क्लब मकवानपुरमा जारी चौथो वागमती गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार सम्पन्न तेस्रो क्वाटरफाइनलमा जावलाखेलले नव जनजागृति युवा क्लब, सिमरामाथि ४–१ को जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।
जावलाखेलको जितमा फोडे फोफना नायक बने । खेलमा त्तफोफना एक्लैले चार गोल गरे । उनले खेलको ६, ३७, ४५ र ७५औं मिनटमा गरि चार गोल गरे । उता पराजित नव जनजागृतिका लागि ४७औं मिनटमा सरोज तामाङले एक मात्र सान्त्वना गोल गरेका थिए ।
खेलमा चार गोल गरेका जावलाखेल युथ क्लबका फोफना नै म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद पा“च हजार रुपैया“ र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत चैत्र १९ गते बिहीबारको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल थ्रीस्टार क्लब र एपिएफ क्लबबीच हुने आयोजकले जनाएको छ ।
बागमती गाउँपालिका खेलकुद विकास समिति, मकवानपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल भने यहि चैत्र २२ गतेका दिन हुनेछ ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा