
बागमती । संघर्षपुर्ण जित निकाल्दै थ्रीस्टार क्लब यहाँ जारी चौथो बागमती गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शनिबार सम्पन्न दोस्रो सेमिफाइनलमा बागमती युवा क्लब, सर्लाहीलाई पेनाल्टी शुटआउटमा ५–३ ले हराउँदै थ्रीस्टारले फाइनलमा अफ्रिकन रुटस एसोसिएशन, क्यामरुनसँगको भेट पक्का गरेको हो ।
मकवानपुरको बागमती गाउँपालिका स्थित जनता माविको खेलमैदानमा भएको निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेलको निर्णय टाईब्रेकरबाट लिनु परेको थियो । टाईब्रेकरमा थ्रीस्टारका लागि रुपेश केसी, अशोक खवास, मिक्चेङ तामाङ, जिवन गुरुङ र अनन्त तामाङले गोल गर्न सफल भएका थिए ।
उता बागमतीका लागि निरज बस्नेत, निरज थापा र अभिषेक लिम्बुले मात्र गोल गर्न सके । बिजय घलानले भने गोल गर्न असफल भएका थिए । खेलको म्यान अफ द म्याच थ्रीस्टारका जिवन गुरुङ घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार प्राप्त गरे ।
फाइनल खेल चैत्र २३ गतेका दिन थ्रीस्टार र अफ्रिकन रुटस बीच हुने आयोजकले जनाएको छ । बागमती गाउँपालिकाको मुख्य प्रायोजन तथा बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा