काठमाडौं । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले निकालेको नयाँ वरियतामा नेपाली महिला फुटबल टोलीको वरियता ९ स्थान तल खस्किएको छ ।
फिफाले निकालेको नयाँ वरियताअनुसार नेपाली महिला फुटबल टोली तल खस्किएर १०१औं स्थानमा पुगेको छ । नेपालले समग्रमा कुल १२०० अंक बटुल्दै सो स्थानमा झर्न पुगेको हो ।
दक्षिण एसियातर्फ भने नेपाल भारतपछि दोस्रो स्थानमा छ । फिफा वरियताको ५७औं स्थानमा रहेको भारत दक्षिण एसियातर्फ शिर्ष स्थानमा छ । १३७औं स्थानमा रहेको बंगलादेश दक्षिण एसियातर्फ तेस्रो स्थानमा छ ।
१४३औं स्थानमा रहेको श्रीलंका दक्षिण एसियातर्फ चौथो स्थानमा छ भने १४४औं वरियतामा रहेको माल्दिभ्स दक्षिण एसियातर्फ पाँचौं स्थानमा छ । फिफा वरियताको १६१औं स्थानमा रहेको भुटान भने दक्षिण एसियातर्फ छैटौं स्थानमा छ ।
स्मरण रहोस, पाकिस्तान भने हाल कारवाही स्वरुप फिफाको निलम्बनमा रहेकोले फिफाको वरियतामा समेत पर्न असफल भएको छ ।
विश्व वरियतामा अमेरिका अगाडी
त्यस्तै फिफाको विश्व वरियतातर्फ शिर्ष स्थानमा अमेरिका रहेको छ । दोस्रो स्थानमा जर्मनी छ भने तेस्रो स्थानमा नेदरल्याण्डस रहेको छ ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै