
वास्तवमा नेपाली फुटबलको कुरा गरिरहदा नेपालले फुटबलमा गरेको लगानीको बारेमा तपाईं हामी जो कोहीले हेक्का राख्दैनौ । नेपाली फुटबलको ग्रास रुट हेर्ने हो भने नाजुक नै छ भन्दा फरक नपर्ला।
फुटबलका महारथी देशहरूले यु-८ देखिनै राम्रा खेलाडीहरु पहिचान गरि आफ्नो एकेडेमीमा राखेर उसको खेल्ने शैली अनुसार बिस्वका नामुद कोचहरुको प्रत्यक्ष निगरानीमा ट्रेनिङ दिइन्छ।सानै उमेर देखि उनीहरुको शारीरिक मानसिक अबस्थाको बिकास र वृद्धि गर्दै यु-१४१५१६ सम्म आइपुग्दा एक परिपक्व खेलाडीको रुपमा तिखारिसकेको हुन्छ। यो अबस्थासम्म आइपुग्दा सबैभन्दा महत्त्वपूर्ण कुरा उनीहरुको आर्थिक सामाजिक पक्ष अत्यन्तै मजबुत भईसकेको हुन्छ। अब कुरा गरौ नेपाली फुटबलको ग्रास रुट को। मुस्किलले यु-१३ बाट छनोट सुरु गरेर एकेडेमीमा राखिन्छ।
फुटबल सिक्दै र सिकाउदैमा ४।५ बर्स लागीसक्छ। १८/१९ बर्सको उमेरमा बल्ल तल्ल संघर्ष गर्दै केही अन्तर्राष्ट्रिय म्याचहरु खेल्ने अबसर जुट्छ।त्यही पनि बर्षमा मुस्किलले २।३ वटा। त्यो भन्दा महत्त्वपूर्ण कुरा जब खेलाडीहरु २० को उमेर कट्दै जान्छ आर्थिक पक्षले निकै च्याप्दै लैजान्छ।
खेलेरै जिन्दगी धान्न सक्ने अबस्था अझै पनि नेपालमा छैन। मानसिक रूपमा अनेकौं परिस्थितिहरु झेल्दै रास्ट्रीय टिमको प्रतिनिधित्व गर्दै हाम्रा खेलाडीहरु पुग्छन मासिक रूपमा करोडौं कमाउने खेलाडीहरु सङ प्रतिस्पर्धा गर्न। जहाँ उनीहरुको फुटबलमा लगानी हेर्ने हो भने हाम्रो देशको बार्षिक बजेट भन्दा कयौं बढी हुन्छ।अनि हाम्रो आशा रहन्छ राम्रो नतिजाको।खेल हार्यो भने गाली गलौज गर्न थाल्छौ। यदि फल राम्रो खानु छ भने बिरुवा राम्रै रोप्नु पर्यो कि परेन? मल जल, गोडमेल राम्रो गरे पो फल मीठो फल्छ त? रोपेको जस्तो मात्रै गर्ने, मलजल गोडमेल राम्रो नगर्ने अनि आसा ठूलो राखेर केही हुन्छ?
नेपाली खेलाडीहरुले जुन अबस्थाबाट यो नतिजाहरु ल्याउदैछ, लगानीको हिसाबले त पानी मात्रै पिएर ल्याएको हो भन्दा फरक पर्दैन। शुन्य लगानीमा आफू भन्दा सयौ गुणा उच्चस्तरको खेलाडीहरुको सामना गर्दै हजारौ गुणा बलिया टिमहरुको विरुद्ध संतोषजनक नतिजा ल्याउन सक्नु अत्यन्तै तारिफ योग्य मान्नुपर्छ।छिमेकी देश भारतको फुटबल बिकास र उसको ग्रास रुट हेर्ने हो भने पनि हामी १% पनि उनीहरुको आसपास पुग्न सक्ने अबस्थामा छैन। सरकारको लगानी त कुरै नगरौ प्राइभेट सेक्टर बाट समेत करोडौं खर्चेर आफ्नै सुबिधासम्पन्न एकेडमीहरु चलाइरहेका छन्। तैपनि उनीहरुलाई हाम्रा खेलाडीहरुले पानी पिएकै भरमा हराइरहेका छन।
यसको मतलब नेपाली खेलाडीहरुमा प्रतिभा नभएको हुँदै होइनन्। प्रतिभा छ, गर्न पनि सकिन्छ तर सम्बन्धित निकायले बाटो बनाइदिनु पर्छ।कुनै एउटा प्रतियोगिताका लागि मात्रै राम्रो बिदेशी कोच झिकाएर टिम हेर्न दिएर मात्रै फुटबल बिकास हुन सक्दैन। सबैभन्दा महत्त्वपूर्ण कुरा ग्रासरुट बाटै राम्रो कोच राखेर लामो समय खेलाडीहरुलाइ तिखार्नुपर्छ। आफ्नो बजेटले धान्दैन भने एएफसी फिफा सङ गुहार्न सकिन्छ।त्यो भन्दा पनि देश देश बिचको आपसि समन्वयबाट पनि अगाडि बढ्न सकिन्छ।
राज्यले चाहेको खण्डमा पहल गर्न सकिन्छ।दुई चार बर्स युरोपका केही नाम चलेका देशहरुमा युवा टिमलाई प्रशिक्षण गर्ने वातावरण राज्य पक्षले मिलाउन सकिन्छ चाहेको खण्डमा। रास्ट्रीय टिमलाई एक्सपोसर स्वरुप ६ महिना बर्षदिन राम्रो देशमा ट्रेनिङ को ब्यबस्था मिलाउन सकिन्छ।आफू भन्दा राम्रा टिमहरु सङ फ्रेन्ड्ली म्याचहरु गराउन सकिन्छ।अनि मात्रै नतिजा आएन भने सराप्ने हो खेलाडीलाई।
एसिया कप खेल्ने र वर्ल्ड कप खेल्ने त कुरै नगरौ,पहिला कम्तीमा एकपटक सार्क च्याम्पियनसीप जितेर अगाडी बढौ। अनि हाम्रो फुटबल स्तरलाई अन्तर्राष्ट्रिय जगतले चिन्दै जानेछ अनि बुझ्दै जानेछ।दक्षिण एसिया बाट फुटबलमा एउटा उदियमान रास्ट्रको पहिचान बनाउ, जुन आज भारतको फुटबल स्तर देख्दा असम्भव पनि देखिदैन।
देशको लगानी अनुसार भारतले कुनैपनी प्रतियोगिताहरुमा सोचेअनुरुपको नतिजा ल्याउन नसकिरहेको यो अबस्थामा हामी उनीहरुको अगाडी एउटा नव उदियमान शक्तिको रुपमा आफुलाइ उभ्याउने तर्फ लागौ।
एसिया कप खेल्ने र वर्ल्ड कप खेल्ने सपना केही समयलाई थाती राखौ।
अर्जुन तामाङ, नुवाकोट।
(यो लेखकको नितान्त आफ्नो बिचार हो।)