एजेन्सी । दक्षिण अमेरिकी महारथी ब्राजीलले टोक्यो ओलम्पिकको पुरुष फुटबलतर्फ लगातार दोस्रोपटक स्वर्णपदक जित्न सफल भएको छ । स्मरण रहोस, गत संस्करण घरमै भएको रियो ओलम्पिकमा पनि ब्राजीलले पहिलोपटक पुरुष फुटबलमा स्वर्ण जितेको थियो ।
शनिबार योकोहामा इन्टरनेशनल स्टेडियममा भएको फाइनल भिडन्तमा ब्राजीलले अर्को बलियो टोली स्पेनमाथि २–१ को कठिन जित निकाल्यो । त्यो जितका लागि ब्राजीललाई अतिरिक्त समयसम्म संघर्ष गर्नुपरेको थियो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।
पहिलो हाफको इन्जुरी समयमा म्याथ्युज कुन्हाको गोलबाट शुरुवाती अग्रता बनाएको ब्राजीलले त्यसलाई जोगाउन सकेन । उता दोस्रो हाफको ६१औं मिनटमा स्पेनका लागि मिकेल यार्जाबलले बराबरी गोल फर्काएका थिए । निर्धारित समयमा नतिजा ननिस्किएपछि थपिएको अतिरिक्त समयको १०८औं मिनटमा मेल्कमले ब्राजीलका लागि निर्णायक गोल गरेका थिए ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै