News
कैलाली फुटबल संघका अध्यक्ष हतियार सहित पक्राउ
कैलाली । कैलाली जिल्ला फुटबल संघका अध्यक्ष मोहित कुमार शाहलाई नेपाल प्रहरीले हतियारसहित पक्राउ गरेको छ । साथै हाल उनी प्रहरी हिरासतमा रहेको समेत बताइएको छ ।
गत साउन २५ गते राती गौरीगंगा नगरपालिका–९ स्थित शंकरपुरमा प्रहरीले चेकजाँच गर्दा शाहले प्रयोग गरेको बा १७ च १३१२ नम्बरको जीपबाट हतियारसहित पक्राउ परेका हुन् । प्रहरीले शाहसँगै अर्का एक जना ५३ बर्षिय खेमराज चौधरीलाई पनि पक्राउ गरेको छ ।
नेपाल प्रहरीका अनुसार पक्राउ परेकाहरुबाट एक थान बाह्रबोर, सोही बन्दुकको एक थान कार्टिज, एक थान प्वाइन्ट टुटु राइफल र सोही राइफलको १० गोली बरामद गरिएको छ । साथै प्रहरीले पक्राउ परेका दुवैलाई हातहतियार र खरखजाना मुद्दा दर्ता गरेर थप अनुसन्धान गर्ने बताइएको छ ।
Post Comments
Related News
- घोडाघोडी पुरुष क्वार्टरफाइनलमा, वनदेवी महिला सेमिफाइनलमा
- नवबुद्ध र बुलबुलेको शानदार जीत
- महिलातर्फ न्यू कालिका वाकओभरबाट सेमिफाइनलमा, पुरुषतर्फ सुदूरपश्चिम प्रदेश प्रहरी क्वार्टरफाइनलमा
- वनदेवी क्वार्टरफाइनलमा, चारपातेलाई पेनाल्टीमा ३–० ले हरायो
- कैलालीको लम्कीचुहामा ‘न्यू ज्योति कप २०८३’ र तीज मेला हुने