बुटवल । यहि भाद्र १० गतेदेखि शुरु हुन गईरहेको शहिद स्मारक सी डिभिजन लिग छनौट खेल्ने रुपन्देहीको एक्लो टोली बुद्धभूमि फुटबल एकेडेमीले खेलाडी छनौटसहित टिम तयार पारेको छ ।
टोलीले १८ सदस्यीय खेलाडी छनौट सम्पन्न गरि अखिल नेपाल फुटबल संघ (एन्फा) मा पनि दर्ता गराईसकेको बुद्धभूमि फुटबल एकेडेमीका अध्यक्ष मुकेश थापाले बताए ।
नेपालका पूर्व चर्चित अन्तर्राष्ट्रिय खेलाडी सुरेन्द्र तामाङको प्रशिक्षकीय जिम्मेवारीमा उत्रिने टोलीको सहायक प्रशिक्षकमा समिर कुमार कार्की रहेका छन् । टिम व्यवस्थापकमा भने एकेडेमीका निर्देशक बिष्णु प्रसाद पौडेल छन् ।
प्रशिक्षक तामाङले खेलाडी छनौट राम्रो भएको र क्षमतावान खेलाडीहरु टिममा परेकाले प्रतियोगितामा राम्रो गर्ने बताए । टिम व्यवस्थापक पौडेल पनि तामाङको कुरासँग सहमत देखिए । पौडेलले टिममा युवा खेलाडीहरुलाई अवसर दिएकोले नतिजा पनि राम्रो निस्किनेमा विश्वास व्यक्त गरे ।
छनौट प्रतियोगिता अन्तरगत समूह एम मा परेको बुद्धभूमिले आफ्नो पहिलो खेल भाद्र २८ गतेका दिन सानौ गौचरन युवा क्लबसँग खेल्नेछ भने दोस्रो खेल असोज १ गतेका दिन चिबाहाल युथ क्लबसँग खेल्नेछ ।
टिममा परेका खेलाडीहरुको नामावलीः
मयंक गुरुङ, आशिक बोहरा, आदित गुरुङ, मोहम्मद फाहिद, रुबेन पौडेल, प्रदिप तामाङ, राज मानन्धर, किरन माझी, सञ्जय श्रेष्ठ, आशिष बुढाथोकी, मिङमा लामा, निनाहाङ राई, शशि गुरुङ, सन्दिप आचार्य, किशोर पण्डित, बिबेक अधिकारी, बिशाल सिंह ठकुरी, प्रसिद्ध मगर
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न