काठमाडौं । नेपाली पुरुष फुटबल टोलीको बन्द प्रशिक्षणबाट मंगलबार अभिषेक रिजालसहित तीन खेलाडीहरु बाहिरिएका छन् । मुख्य प्रशिक्षक अब्दुला अल्मुतारीले बन्द प्रशिक्षणमा रहेका अभिषेकसहित शिशिर लेखी र गोलरक्षक अर्पन कार्कीलाई टिम बाहिर निकालेका हुन् ।
यी तीन खेलाडीहरु बाहिरिएसँगै अब बन्द प्रशिक्षणमा कुल २५ खेलाडीहरु सामेल छन् । हाल पोखरामा बन्द प्रशिक्षणमा व्यस्त रहेको राष्ट्रिय फुटबल टोलीको अन्तिम नामावली छिटै घोषणा गरिने अनुमान गरिएको छ ।
स्मरण रहोस, नेपाल अहिले भारत विरुद्ध हुने दुई मैत्रीपुर्ण फुटबल म्याचका लागि बन्द प्रशिक्षणमा व्यस्त छ । यद्यपि टोलीको मुख्य योजना भने आगामी अक्टुबरमा हुन गईरहेको साफ च्याम्पियनसिप नै रहेको छ । नेपालले भारतसँग यहि सेप्टेम्बर २ र ५ तारीखका दिन दशरथ रंगशालामा मैत्रीपूर्ण म्याच खेल्दैछ ।
साफ च्याम्पियनसिप भने अक्टुबर १ देखि १६ तारीखसम्म माल्दिभ्समा हुँदैछ । जसअन्तरगत प्रतियोगिताको उद्घाटन खेलमै नेपालले आयोजक तथा साविक विजेता माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ ।
यस्ता छन् बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुः
किरन कुमार लिम्बु, बिशाल श्रेष्ठ, बिकेश कुथु, दिप कार्की, आशिष लामा, अनन्त तामाङ, अन्जन बिष्ट, आयुष घलान, बिशाल राई, दिनेश राजवंशी, गौतम श्रेष्ठ, कमल थापा, मनिष डाँगी, नवयुग श्रेष्ठ, नितिन थापा, पुजन उपरकोटी, राजन गुरुङ, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन लामा, सुमन अर्याल, सुनिल बल, सुरज जियु ठकुरी, तेज तामाङ
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न