काठमाडौं । नेपाल विरुद्ध हुने दुई मैत्रीपुर्ण फुटबल म्याचका लागि भारतको सिनियर फुटबल टोली नै आउने पक्का भएको छ । मुख्य प्रशिक्षक इगोर स्टिम्याकले शुक्रबार नेपाल विरुद्ध उत्रिने नियमित कप्तान सुनिल क्षेत्रीसहितको २५ सदस्यीय भारतीय फुटबल टोलीको घोषणा गरेका छन् ।
टोलीमा हालै एएफसी कप खेलेका एटलेटिको मोहन बगान र बैंगलुरु एफसीका अधिकांश मुख्य खेलाडीहरु सामेल छन् । टोलीमा डिफेन्डर सन्देश झिंगन मात्र छैनन् । उनी हालै क्रोएशियन क्लब एचएनके सिवेनिकमा आवद्ध भएकाले तत्काल उनी राष्ट्रिय टोलीमा सामेल हुन नसकेका हुन् ।
स्टिम्याकले घोषणा गरेको टोलीमा कप्तान क्षेत्री सहित मनविर सिंह, पहिलो रोजाईका गोलरक्षक गुरप्रित सिंह सन्धु, अनिरुध थापा, बिपिन सिंह, मनविर सिंह, ग्लेन मार्टिन्स, प्रनय हल्दर जस्ता खेलाडीहरु पनि सामेल छन् ।
स्मरण रहोस, साफ च्याम्पियनसिपको तयारीमा रहेका नेपाल र भारतबीच यहि आउँदो सेप्टेम्बर २ र ५ तारीखका दिन दशरथ रंगशालामा दुई मैत्रीपुर्ण फुटबल म्याच हुँदैछ ।
यस्तो छ २५ सदस्यीय भारतीय टोलीः
गोलरक्षकः अमरिन्दर सिंह, धिरज सिंह मोइरंगथेम, गुरप्रितसिंह सन्धु
डिफेन्डरः प्रितम कोटल, चिङलेनसाना सिंह, मन्दर राव देसाई, आकाश मिश्रा, राहुल भेके, सुभासिस बोस, सेरिटन फर्नान्डेस
मिडफिल्डरः ललेंगमावा, बिपिन सिंह, अनिरुध थापा, सहाल अब्दुल समाद, ब्रेन्डन फर्नान्डेस, लिस्टन कोलाको, यासिर मोहम्मद, ग्लेन मार्टिन्स, सुरेश सिंह वांग्जम, जिक्सन सिंह, प्रनय हल्दर
फरवार्डसः मनविर सिंह, रहिम अलि, सुनिल क्षेत्री, फारुख चौधरी
- वल्र्ड कलेज र मनकामना सेकेण्डरी स्कुल फाईनलमा
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि