काठमाडौं । नेपाली पुरुष फुटबल टोलीका कप्तान तथा नम्बर एक गोलरक्षक किरन चेम्जोङले भारत विरुद्धको मैत्रीपुर्ण म्याच साफ च्याम्पियनसिपको तयारीका लागि राम्रो र फाईदाजनक रहेको बताएका छन् ।
कप्तान किरनले साफ च्याम्पियनसिपका लागि नेपाली टोलीले लामो समयदेखि राम्रो तयारी गरिरहेको बताउँदै भारत विरुद्धको खेल नेपालका लागि थप फाईदाजनक हुने बताए । अधिकांश युवा खेलाडी रहेको नेपाली टोलीमा भारत विरुद्धको दुई म्याचले युवा खेलाडीहरुमा आत्मविश्वास पनि थप्ने किरनको बुझाई थियो ।
पत्रकार सम्मेलनमा उनले प्रशिक्षक अब्दुला अल्मुतारीको पनि प्रशंसा गरे । किरनका अनुसार प्रशिक्षक अब्दुलाले खेलाडीहरुलाई सधै हौसला र उत्प्रेरणा दिईरहेको बताए । साथै प्रशिक्षक अब्दुलाले खेलाडीहरुलाई शारीरिक रुपमा मात्र नभएर मानसिक रुपमा पनि बलियो बनाउन निरन्तर सरसल्लाह र सुझाव दिईरहेको बताए ।
स्मरण रहोस, नेपाल र भारतबीचको दुई अन्तर्राष्ट्रिय मैत्रीपुर्ण फुटबल म्याच यहि भदौ १७ र २० गतेका दिन हुँदैछ । दशरथ रंगशालामा हुने दुवै खेलहरु बेलुका ५ः३० बजेदेखि शुरु हुने एन्फाले जानकारी दिएको छ ।
- वल्र्ड कलेज र मनकामना सेकेण्डरी स्कुल फाईनलमा
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि