काठमाडौं । बंगलादेश विरुद्धको पहिलो अन्तर्राष्टिट्रय मैत्रीपूर्ण फुटबल म्याचमा नेपालले रोमाञ्चक जित हात पारेको छ । दशरथ रंगशालामा बिहीबार सम्पन्न पहिलो खेलमा नेपालले बंगलादेश विरुद्ध २–१ को रोमाञ्चक जित निकालेको हो ।
खेलमा नेपालले पहिलो हाफ मै गरेको दुई गोल घरेलु टोलीलाई जित दिलाउन प्रर्याप्त बन्यो । नेपालका लागि दुवै गोल सिनियर टिममा डेब्यु गरेका सबिता राना र प्रिती राईको नाममा रह्यो । खेलको १४औं मिनट मै सबिता रानाले बिमला चोधरीको क्रस पासमा हेडद्वारा शुरुवाती गोल गरेकी थिईन ।
त्यस्तै पहिलो हाफ कै २३औं मिनटमा सरु लिम्बुको पासमा प्रिती राईले नेपालका लागि दोस्रो गोल गरिन । जुन गोल घरेलु टोलीका लागि निर्णायक गोल पनि बन्यो । उता बंगलादेशका लागि ८३औं मिनटमा तोहुरा खातुुनले एक गोल फर्काए तापनि पाहुना टोलीको हार टार्न प्रर्याप्त बनेन ।
खेलको प्लेयर अफ द म्याच नेपालकी प्रिती राई घोषित भईन । उनले पुरस्कार वापत नगद २५ हजार हात पारिन । अब नेपाल र बंंगलादेश बीचको दोस्रो मैत्रीपुर्ण आइतबार दशरथ रंगशाला मै हुनेछ ।
- वल्र्ड कलेज र मनकामना सेकेण्डरी स्कुल फाईनलमा
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि