काठमाडौं (एजेन्सी) । एएफसी वुमन्स एसियन कप छनौट खेल्न उज्वेकिस्तान मै रहेको बंगलादेशको महिला फुटबल टोलीले पनि आफ्नो दोस्रो खेलमा लगातार दोस्रो फराकिलो हार बेहोरेको छ ।
तश्केन्ट स्थित मिली स्टेडियममा भएको आफ्नो दोस्रो खेलमा बंगलादेशले इरानसँग ५–० को फराकिलो हार बेहोर्यो । यसअघि बंगलादेशले आफ्नो पहिलो खेलमा पनि जोर्डनसँग समान ५–० को हार बेहोरेको थियो ।
यो दुई नतिजासँगै बंगलादेश समूह चरणबाटै बाहिरिएको छ । समूह जी को अन्तिम खेलमा शनिबार इरान र जोर्डन भिड्ने छन् । यी दुई टोलीबीचको नतिजाले नै समूह जीबाट आगामी बर्ष भारतमा हुने एएफसी वुमन्स एसियन कप खेल्ने एक टोलीको टुंगो लाग्नेछ ।
FT: 🇮🇷 Iran 5-0 Bangladesh 🇧🇩
— #AsianCup2023 (@afcasiancup) September 22, 2021
It’s the perfect 5 ⭐ performance in their #WAC2022 Qualifiers Group G opening match for Iran as they overcome Bangladesh with five goals! pic.twitter.com/NhsHoHKztD
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न