News
धनकुटामा भेट्रान फुटबल प्रतियोगिता हुने
धनकुटामा पहिलो पल्ट भेट्रान फुटबल प्रतियोगिता सुरु हुन लागेको छ ।
कोरोनाको दोस्रो लहर पछि बिस्तारै खेलकुद गतिविधि सुरु भएसंगै धनकुटा फुटबल संघले प्रथम धनकुटा भेट्रान फुटबल प्रतियोगिता गर्न लागेको धनकुटा फुटबल संघका अध्यक्ष गोविन्द राई बताए ।
धनकुटाको तल्लो टुडिखेलमा असोज १८ गते बाट देखि २३ गते सम्म चल्ने प्रतियोगितामा कुल १२ टिमको सहभागिता रहेको छ ।
दशैंलाई लक्षित गर्दै प्रतियोगिता संचालक गरेको प्रक्षिशक संघका उपाध्यक्ष सुमन श्रेष्ठले बताए ।
प्रतियोगिताको विजेताले नगद रु ४०००० संगै खसी, मेडल, प्रमाणपत्र प्राप्त गर्छन् भनी उपविजेताले नगद रु २०००० संगै लोकल कुखुरा, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।
प्रतियोगिताको सम्पुर्ण तयारी अन्तिम चरनमा रहेको अध्यक्ष राईले बताए ।
Post Comments
Related News
- छथर जोरपाटी गाउँपालिकामा दोस्रो पालिकास्तरीय अध्यक्ष कप हुँदै
- बेलबारीलाई १८औँ शहिद भीमनारायण स्मृति गोल्डकपको उपाधि
- सोलोमनको ह्याट्रिकसँगै बेलबारी एफसी भीम नारायण गोल्डकपको फाइनलमा
- आयोजक धनकुटा १८औँ भीमनारायण गोल्डकपको उपाधि नजिक
- बाबा टुन्डेको निर्णायक गोलमा बेलबारी १८औँ सहिद भीमनारायण गोल्डकपको सेमिफाइनलमा