काठमाडौं । शुक्रबारदेखि शुरु दक्षिण एसियाली फुटबलको प्रतिष्ठित साफ च्याम्पियनसिपको १३औं संस्करणमा बंगलादेशले विजयी शुरुवात गरेको छ ।
माले सिटी नेशनल फुटबल स्टेडियममा सम्पन्न उद्घाटन खेलमा बंगलादेशले दश खेलाडीमा खुम्चिएको श्रीलंकालाई १–० को साँघुरो अन्तरले हरायो । दोस्रो हाफको ५५औं मिनटमा डिकसन पुसलासको रातो कार्ड र पेनाल्टी श्रीलंकाका लागि दुर्भाग्यपुर्ण बन्यो ।
सोही पेनाल्टी अवसरलाई ५६औं मिनटमा टोपु बर्मनले पोष्टको दाँया कुना च्याँप्दै बिना कुनै गल्ती बललाई जाली चुमाएका थिए । त्यो पेनाल्टी गोल नै बंगलादेशलाई महत्वपूर्ण जित दिलाउन निर्णायक पनि बन्यो ।
अब बंगलादेशले ४ अक्टुबरका दिन बलियो तथा दावेदार भारतको सामना गर्नेछ भने सोही दिन श्रीलंकाले नेपालसँग खेल्नेछ । स्मरण रहोस, नेपालले आज नै नेपाली समयअनुसार राती ९ः४५ बजेदेखि आयोजक तथा साविक विजेता माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको शुरुवात गर्दैछ ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै