काठमाडौं । साफ च्याम्पियनसिपमा आज राती नेपालले श्रीलंकाको सामना गर्दा टोलीको उद्देश्य लगातार दोस्रो जित हात पार्नु हुनेछ । आफ्नो पहिलो खेलमा घरेलु टोली तथा साविक विजेता माल्दिभ्सलाई १–० ले हराएर उत्साहित बनेको नेपाल सोही जितको लयलाई आज श्रीलंका विरुद्ध पनि कायम राख्न चाहन्छ ।
माले सिटी स्थित नेशनल फुटबल स्टेडियममा हुने आजको खेल श्रीलंकाका लागि पनि उत्तिकै महत्वपुर्ण छ । उद्घाटन खेलमा बंगलादेशससँग १–० ले पराजित हुन पुगेको श्रीलंकन टोली पहिलो जितको खोजीमा छ ।
पछिल्लो समयमा आफ्नो खेलमा सुधार ल्याईरहेको श्रीलंकालाई नेपालले हलुका रुपमा नलिने नेपालका कप्तान र प्रशिक्षकले खेल अघिको पत्रकार सम्मेलनमा स्पष्ट पारिसकेका छन् ।
आजको खेल नेपाली समयअनुसार राती ९ः४५ बजेदेखि शुरु हुँदैछ । त्यसअघि आज उपाधिको दावेदार मानिएको भारतले बंगलादेशसँग खेल्दैछ । जुन खेल नेपाली समयअनुसार बेलुकाको ४ः४५ बजेदेखि शुरु हुँदैछ ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै