काठमाडौं । घरेलु फुटबलको चर्चित र सफल क्लब मध्ये एक विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले आधिकारिक रुपमै आफ्नो यु–१३ युथ फुटबल एकेडेमीको शुरुवात गरेको छ ।
क्लबले मंगलबार एक कार्यक्रमको आयोजना गरि युथ एकेडेमी सञ्चालनको शुरुवात गर्यो । सेनाको मुख्यालयमा भएको सो कार्यक्रमको उद्घाटन प्रमुख सेनापति प्रभुराम शर्मा, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा तथा नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्र राज श्रेष्ठले संयुक्त रुपमा गरेका थिए ।
आर्मीले यसअघि नै युथ एकेडेमी सञ्चालन गर्नेबारे एन्फासँग सम्झौता समेत गरेको थियो । एएफसी क्लब लाइसेन्सिङका लागि आफ्नै युथ एकेडेमी लगायतका अन्य केही आधारभुत मापदण्डहरु पूरा गर्नुपर्ने भएपछि नेपालका अधिकांश ए डिभिजन क्लबले युथ एकेडेमी सञ्चालन गर्ने घोषणा र तयारी शुरु गरिसकेका छन् ।
स्मरण रहोस, गत संस्करणको ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र क्लबले एएफसी क्लब लाइसेन्सको मापदण्ड पूरा नगरेकै करण प्रतिष्ठित एएफसी कपमा सहभागिता जनाउनबाट बञ्चित भएको थियो । त्यसपछि मच्छिन्द्रको स्थानमा दोस्रो स्थान हासिल गरेको टोली त्रिभुवन आर्मी फुटबल क्लबले एएफसी कपमा नेपालमा प्रतिनिधित्व गरेको थियो ।
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न