बुटवल । गत असोज महिनाको मध्यतिर असामयिक निधन भएका चर्चित पूर्व फिफा रेफ्री तथा रेफ्री इन्स्ट्रक्चर लव खत्रीको स्मृति श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
रुपन्देही जिल्ला रेफ्री संघ तथा रुपन्देही जिल्ला फुटबल संघको संयुक्त आयोजनामा स्व. खत्रीको स्मृतिमा श्रद्धाञ्जली सभा कार्यक्रम आयोजना गरिएको हो ।
बुटवल स्थित एन्फा टेक्निकल सेन्टरमा आयोजित श्रद्धाञ्जली सभा कार्यक्रममा रुपन्देही जिल्ला फुटबल संघका उपाध्यक्ष मुकेश कुँवर, महसचिव लोक पुन, सचिव शंकर मल्लाह, एन्फा टेक्निकल सेन्टरका निर्देशक बुद्धि बहादुर गुरुङ, कोषाध्यक्ष बिर बहादुर दर्लामी, प्रशिक्षक दिलिप क्षेत्री, सुशिल कुमार श्रेष्ठ लगायत अन्य रेफ्री र अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।
स्मरणीय छ , स्व. खत्रीले रुपन्देही कै प्रतिष्ठासँग जोडिएको प्रतिष्ठित तिलोत्तमा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नुका साथै जिल्लामा आएर रेफ्री इन्स्ट्रक्चरका रुपमा कार्यशाला आयोजना गर्ने र रेफ्री कोर्ष सञ्चालनमा समेत सहभागिता जनाएका थिए ।
श्रद्धाञ्जली सभामा सव. खत्रीको सम्झनामा मौनधारण गरिनुका साथै नेपाली फुटबलमा उनले पुर्याएको योगदानबारे चर्चा समेत गरिएको थियो । दशकौं बढी नेपालको घरेलु फुटबल र अन्तर्राष्ट्रिय फुटबलमा निर्णायकको भूमिका निर्वाह गरेका खत्रीको गत असोज १८ गतेका दिन ४९ बर्षको उमेरमा घरमै असामयिक निधन भएको थियो ।
निधन हुने दिन घरको बाथरुममा अचेत अवस्थामा भेटिएका खत्रीलाई उपचारका लागि अस्पताल लगिए तापनि त्यहाँ उनलाई मृत घोषणा गरिएको थियो । स्व. खत्रीको श्रीमती र एक छोरा छन् ।


- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने