काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुला अल्मुतारीले आफू नेपालसँग काम गर्न तयार रहेको बताएका छन् । साथै उनले सम्बन्धित निकायले आफूलाई पहिला प्रस्ताव गर्नुपर्ने स्पष्ट पनि पारेका छन् ।
उनकै कुशल रणनीति र सफल प्रशिक्षकीय जिम्मेवारीका कारण फुटबलमा नेपालले पछिल्लो समय राम्रो गरिरहेको धेरैको बुझाई छ । नेपाली फुटबल समर्थकहरु माझ पनि लोकप्रिय अब्दुलाले स्वयं पनि नेपालप्रति आफ्नो विशेष सदभाव रहेको बताइसकेका छन् ।
भर्खरै सम्पन्न प्रतिष्ठित साफ च्याम्पियनसिपमा नेपाललाई २८ बर्षपछि फाइनलमा पुर्याएर इतिहास रचेका अब्दुलाले इतिहास रचेर खुशी भए तापनि उपाधि जिताउन नसक्दा दुःख लागेको बताएका छन् । नेपाली सञ्चारमाध्यमसँगको कुराकानीका क्रममा अब्दुला भन्छन्, “हामीले इतिहास रच्न सफल भयौं तर उपाधि नै स्वदेश ल्याउन सकेको भए त्यो अझ उत्तम हुने थियो ।”
कुराकानी कै क्रममा अब्दुलाले नेपाली फुटबलले अहिले हात पारेको उपलब्धी पनि प्रशंसनीय रहेको बताएका छन् । उनी अगाडी भन्छन्, “हामीले अझै कडा मिहिनेत गर्नुपर्छ । विस्तारै अगाडी बढ्नुपर्छ । हामी अहिले जहाँ पुगेका छौं, त्यो आफैमा पनि उत्कृष्ट हो । फाइनलमा टोलीसँगै रहन नपाउँदा दुःख लागेको छ । सायद त्यो हाम्रो खराब दिन थियो । खेलाडीहरुले आफ्नो तर्फबाट सकेको राम्रो गरे । म नेपालसँग आफुनो सम्झौता नवीकरण गर्न तयार छु ।”
साथै अब्दुलाले आफूले सम्झौता नवीकरण गर्दा केही शर्तहरु राख्ने पनि स्पष्ट पारेका छन् । स्मरण रहोस, अब्दुलाको नेपाली टोलीसँगको सम्झौता यहि आउँदो शुक्रबार समाप्त हुँदैछ । तर उनी नेपालसँगै सहकार्य गर्न सकरात्मक छन् र तयार पनि छन् । त्यति मात्र नभएर अब्दुलाले आफूलाई अन्य देशहरुबाट पनि प्रशिक्षकको भूमिका नयाँ प्रस्ताव आएको खुलासा गरेका छन् ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै