काठमाडौं । एएफसी यु–२३ एसियन कप छनौट खेल्न ताजिकिस्तानमा रहेको नेपालको यु–२३ फुटबल टोलीले शुक्रबार मैत्रीपुर्ण फुटबल म्याचमा हार बेहोरेको छ ।
ताजिकिस्तानको गसर सेन्ट्रल स्टेडियममा भएको खेलमा नेपालले इण्डोनेसियाको यु–२३ फुटबल टोलीसँग २–० को हार बेहोरेको हो । नेपालले दुवै गोल दोस्रो हाफमा खान पुग्यो ।
५५औं मिनटमा इण्डोनेसियाका लागि हनिस सघाराले पहिलो गोल गरे भने दोस्रो गोल ९०+३औं मिनटमा विटान सुलेमानले गर्दै टोलीको जित पक्का गरे । स्मरण रहोस, इण्डोनेसियाले आफ्नो पहिलो खेलमा घरेलु टोली ताजिकिस्तानलाई २–१ ले हराएको थियो ।
अब नेपालको ध्यान इरानतर्फ
शुक्रबारको मैत्रीपुर्ण खेलसँगै अब नेपालको ध्यान एएफसी यु–२३ एसियन कप छनौटतर्फ हुनेछ । नेपालले यहि अक्टुबर २५ तारीखका दिन एसियन पावर हाउस इरानसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ ।
त्यस्तै २८ अक्टुबरका दिन आयोजक ताजिकिस्तानसँग खेल्नेछ भने तेस्रो तथा अन्तिम खेल ३१ अक्टुबरका दिन लेबनानसँग खेल्नेछ । सबै खेलहरु दुशान्बे स्थित पामिर स्टेडियममा हुनेछन् ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै