
हेटौडा । माल्दिभ्समा सम्पन्न प्रतिष्ठित साफ च्याम्पियनसिपमा नेपाललाई ऐतिहासिक फाइनलमा पुर्याउन अहम भूमिका खेलेका अन्जन बिष्ट गृहनगर हेटौडामा सम्मानित भएका छन् ।
हेटौडामा एक कार्यक्रमको आयोजना गरि सचेत नागरिक युवा समुह, सामुदायिक सेवा उपकेन्द्र तथा सामुदायिक प्रहरी सेवा उपकेन्द्रले संयुक्त रुपमा अन्जनलाई सम्मान गरेको हो ।
कार्यक्रममा सचेत नागरिक युवा समुहका अध्यक्ष शिवनारायण श्रेष्ठका अनुसार अन्जनले देशका लागि उत्कृष्ट खेल्दै हेटौडा नगरलाई गौरवान्वित बनाएकोले उनलाई थप हौसला दिन सम्मानित गरिएको बताए । खेलाडी राष्ट्रको गहना भएको बताउँदै श्रेष्ठले त्यस्ता गहनाहरुको उचित सम्मान र जगेर्ना गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै सम्मान ग्रहण गरेपछि अन्जनले खेलेरै आफूलाई थप केही गर्न प्रोत्साहन मिलेको बताए । फुटबल खेलेरै पाएको यस्ता सम्मानले खेलमैदानमा थप मेहनत गरेर अगाडी बढ्न हौसला समेत मिलेको अन्जनले बताए ।
ऐतिहासिक फाइनलमा पुगेर उपविजेता बनेको नेपाल
स्मरण रहोस, साफ च्याम्पियनसिपको १३औं संस्करणमा नेपालले २८ बर्षपछि पहिलोपटक फाइनलमा पुगेको थियो । यद्यपि फाइनलमा भने नेपालले चिरप्रतिद्वन्द्वी भारतसँग ३–० को हार बेहोर्दै उपविजेता मै सिमित बन्न पुगेको थियो ।
अन्जनले फाइनलमा भने खेल्न पाएनन् । लिग चरणको खेलमा दुई पहेंलो कार्ड पाएका अन्जनले त्यसकै कारण फाइनल गुमाएका थिए । यद्यपि प्रतियोगितामा नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडी अन्जन नै थिए । उनले प्रतियोगिताभर दुई गोल गरेका थिए ।
सर्वाधिक गोलकर्ता भने भारतीय कप्तान सुनिल क्षेत्री घोषित भएका थिए । सुनिलले प्रतियोगिताभरि कुल ५ गोल गरेका थिए । फाइनल खेलको म्यान अफ द म्याच पनि चुनिएका सुनिल सर्वोत्कृष्ट खेलाडी पनि बनेका थिए ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा