पाँचथरको रानीटारमा आयोजित फिदिम नगर कप फुटबल प्रतियोगिताको उपाधि जित्दै झापाको रेड स्टार एफसी बिर्तामोडले इतिहास रचेको छ ।
झापाले यहाँ आयोजित नगर कपको उपाधि तेस्रो पटक जितेर इतिहास रचेको हो । यसअघिका दुई संस्करणमा पनि रेड स्टार नै विजेता बनेको थियो । बराजु रङशालामा आज भएको फाइनल खेलमा ताप्लेजुङको कणर्सिं सोनाम मेमोरियल एफसीलाई ३-० गोलको फराकिलो अन्तरले पराजित गर्दै झापाले उपाधि रक्षा गरेको हो ।
झापाका लागि मिलन राई, रोहन कार्की र सरोज कार्कीले समान १-१ गोल गरेका हुन् । प्रतिस्पर्धात्मक खेलमा झापाले पहिलो हाफमै ३ गोल गर्न सफल भएको हो । खेलको १८औँ मिनेटमा मिलन राईले पहिलो गोल गर्दै झापालाई अग्रता दिलाएका थिए । त्यस्तै, २५औँ मिनेटमा रोहन कार्कीले गोल गर्दै अग्रता दोब्बर बनाए । फाइनल खेलको अन्तिम गोल तथा झापाका लागि तेस्रो गोल कप्तान सरोज कार्कीले ३०औँ मिनेटमा गरेका थिए ।
फाइनल खेलको म्यान अफ दी म्याच झापाका मिलन राई घोषित हुँदा उत्कृष्ट गोलरक्षक झापाकै राजकुमार लिम्बू भए ।
बेस्ट डिफेन्डर पनि झापाकै विशाल खवास घोषित भए । ताप्लेजुङका कप्ता अनुप सेन्दाङ बेस्ट प्लेयर घोषित भए । प्रतियोगिताको सर्वाधिक गोलकर्ता चर्च ब्वाइजका कप्तान सोम मगर भए ।
फाइनल खेलको विजेता झापाले नगद १ लाख ५० हजार पाएको छ भने उपविजेता ताप्लेजुङले ८० हजारमा चित्त बुझाएको छ ।
प्रतियोगिता स्वतन्त्र क्लब रानीटारले आयोजना गरेको हो । विजेता तथा उपविजेता टिमलाई फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्बाङ, ७ नम्बर वडाध्यक्ष गोपालप्रसाद गुरूङलगायतले पुरस्कार वितरण गरेका थिए । समापन कार्यक्रम स्वतन्त्र क्लबका अध्यक्ष बलबहादुर गुरूङको अध्यक्षता तथा सञ्चालन सहआयोजक रानीटार युनाइटेडका सचिव रूपेन्द्र तामाङले गरेका थिए ।
- तुम्बेवामा फुटबलको उत्सव : पुरुषतर्फ फक्ताङलुङ र महिलातर्फ मौवा च्याम्पियन
- तुम्बेवामा फुटबलको महाकुम्भ : पुरुषतर्फ सुम्निमा पारूहाङ र फक्ताङलुङ उपाधि भिडन्तमा, महिलातर्फ मौवा र हाङ्गुम फाइनलमा
- तुम्बेवा गाउँपालिका अध्यक्ष कपको सेमिफाईनल समिकरण पूरा
- तुम्बेवा गाउँपालिका अध्यक्ष कपः सुम्निमा पारूहाङ र तुम्बेवा ३ मौवा सेमिफाईनलमा प्रवेश
- पॅाचथरको तुम्बेवामा अध्यक्ष कपको रौनक : आयोजक पहेलोको विजयी सुरूवात