
काठमाडौं । आम पोखरेली दर्शकहरुको मागलाई मध्यनजर गर्दै सहारा क्लब, पोखराले दर्शकहरुलाई २०औं आहा! रारा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको खेल हेर्ने अवसर जुराइदिने भएको छ ।
आयोजक सहारा क्लबले जनाए अनुसार दर्शकहरुलाई स्थानिय प्रशासनले लागु गरेका सम्पूर्ण स्वास्थ्यका मापदण्ड अपनाउँदै खेल हेर्न दिने भएको हो । यद्यपि खेल हेर्नका लागि दर्शकलाई तीन सयको टिकट टर पनि तोकिएको आयोजकले जनाएको छ ।
आयोजक सहारा क्लबले ओमिक्रोन भाइरसको प्रभाव बढेसँगै स्थानिय प्रशासनसँग समन्वय गर्दै बिना दर्शक २०औं आहा ! रारा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको थियो ।
तर प्रतियोगिताको अन्तिम खेलहरु बाँकी रहेको बेला आयोजकले दर्शकहरुलाई सिमित मात्रामा प्रवेश दिने भएको हो । दर्शकले माघ १२ गते बुधवार हुने पहिलो सेमीफÞाइनलबाट खेल हेर्ने अवसर पाउनेछन ।
प्रतियोगितामा तीन क्वाटरफाइनल सकिंदासम्म एपिएफ फुटबल क्लब, मनाङ मस्र्याङ्दी क्लब र मच्छिन्द्र फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । त्यस्तै माघ ११ गते मंगलबारको अन्तिम क्वाटरफाइनल खेल रुस्लान थ्रीस्टार क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच हुँदैछ । प्रतियोगिताको फाइनल खेल भने माघ १५ गते हुनेछ ।
- गण्डकी प्रदेश लिगको तयारी पूरा (खेलतालिकासहित)
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- पोखरा: अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १५ लाई
- वडास्तरीय भेट्रान्स फुटबल: उपाधिका लागि वडा १ र १५ भिड्ने
- राजेन्द्र तामाङलाई उत्कृष्ट प्रशिक्षकको अवार्ड