News
पाँचौं खप्तड गोल्डकप फागुनमा, विजेतालाई २१ लाख
धनगढी । छोटो समय मै प्रतिष्ठित र चर्चित बनेको मुख्यमन्त्री पाँचौं खप्तड गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता आगामी फागुन १९ देखि २८ गतेसम्म हुने भएको छ ।
बुधबार धनगढी रंगशालामा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता आयोजनाबारे आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लब, धनगढी, कैलालीले जानकारी गराएको हो । प्रतियोगितामा दुई विदेशी टोली, पाँच ए डिभिजन क्लब, दुई मोफसलका टोली र आयोजक गरि कुल १० टोलीहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद २१ लाख हात पार्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेछ । प्रतियोगिता आयोजना गर्न प्रदेश सरकार र स्थानीय प्रशासनले पनि सहयोग गर्ने बताइएको छ । त्यस्तै प्रतियोगिता सञ्चालनका लागि करिब १ करोड ५० लाख खर्च हुने अनुमान गरिएको आयोजकले पत्रकार सम्मेलनमा जानकारी दियो ।
Post Comments
Related News
- सजिनाको निर्णायक गोलमा आयोजक युथ अफ टीकापुर च्याम्पियन
- सैपाल युथ क्लबको ऐतिहासिक फाइनल यात्रा, १४ जीआर एफसीलाई हराउँदै उपाधि नजिक
- आयोजक युथ अफ टीकापुर फाइनलमा, प्रतीक्षा शीर्ष गोलकर्ताको दौडमा अग्रस्थानमा
- १४ जीआर एफसी सेमिफाइनलमा प्रवेश
- प्राविधिक कारणले १४ जीआर एफसी र एनवाइएमईएस बर्दियाबीचको खेल स्थगित, अब वैशाख ३० गते हुने