बुटवल । भैरव एफसी, नवलपरासी रुपन्देहीमा जारी सातौं फर्साटिकर कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको पहिलो क्वाटरफाइनलमा भैरवले स्कलर्स होम एकेडेमी, बुटवललाई ३–० ले हराउँदै अन्तिम चारको स्थान पक्का गरेको हो । खेलमा स्कलर्स होमले भैरव विरुद्ध शुरुवाती समय राम्रो प्रदर्शन गरेता पनि त्यसलाई अन्तिमसम्म निरन्तरता दिन सकेनन् ।
फर्साटिकर उच्च माविको खेलमैदानमा भएको खेलको ३८औं मिनटमा बिनोद केवटले बक्स नजिकैबाट गरेको वान भर्सेस वान प्रहार पहिलो गोलका रुपमा परिणत भएको थियो ।
त्यस्तै ५५औं मिनटमा बिनोद केवटले नै दोस्रो गोल गर्दै भैरवको अग्रता पनि दोब्बर पारे । दोस्रो हाफमा स्कलर्स होम अलि सुस्ताको आभाष भयो । जसको फाईदा भैरवले उठाउँदै ६४औं मिनटमा डेविट थापाले भैरवका लागि तेस्रो गोल गर्दै टोलीको सेमिफाइनल यात्रा सुनिश्चित गरे ।
खेलको म्यान अफ द म्याच भने पराजित स्कलर्स होमका मनिष केप्छाकी घोषित भए । उनले पुरस्कार वापत नगद २ हजार प्राप्त गरे । प्रतियोगिता अन्तरगत पौष २० गते आइतबारको खेल पाल्पा–११ र न्यु सिर्जना युवा क्लब, करौजियाबीच हुने खेल संयोजक भेषराज पौडेलले जानकारी दिए ।
फर्साटिकर युवा क्लब, शुद्धोदन गाउँपालिका–४, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल यहि पौष २६ गते हुनेछ ।
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने