
काठमाडौं । नेपाल सुपर लिगको दोस्रो संस्करणका लागि धनगढी एफसीले चर्चित मिडफिल्डर बिशाल राईलाई नै आफ्नो मार्की खेलाडीका रुपमा निरन्तरता दिएको छ । स्मरण रहोस, बिशाललाई सुपर लिगको पहिलो संस्करणमा पनि धनगढी कै मार्की खेलाडीको भूमिका निभाएका थिए ।
गत सिजन सुपर लिगमा धनगढीको प्रदर्शन त्यति अपेक्षाकृत नभए तापनि बिशालले भने आफ्नो तर्फबाट राम्रो खेल्दै टोलीका लागि सशक्त प्रदर्शन गरेका थिए । धनगढी मै निरन्तरता पाएपछि बिशालले यस सिजन पनि क्लबका लागि राम्रो गर्ने र टोलीलाई उपाधि जिताउने लक्ष्यका साथ मैदानमा उत्रिने बताए ।
आगामी महिनाको अन्तिमदेखि नेपाल सुपर लिग शुरु हुने कार्यक्रम छ । आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेण्टले यसअघि नै लिगमा खेल्ने टोली संख्या बढाएर ७ देखि १० पुर्याएको छ । जसमा झापा एफसी, स्र्पोटिङ इलाम डि मेची र बिरगंज युनाइटेड रहेका छन् ।
दोस्रो संस्करणका लागि खेलाडीहरुको निलाशी यहि शुक्रबार हुँदैछ । लिलामीमा कुल २४२ खेलाडीहरुले नाम दर्ता गराएका छन् । सुपर लिगको पहिलो संस्करण काठमाडौं रेजर्सले जितेको थियो ।
- रोहित चन्दद्वारा बुटवल एन्फा एकेडेमीको अवलोकन र भेटघाट
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने
- एन्फाको सहायक महासचिव पदबाट अलग भए जोशी (पत्रसहित)