News
भारतीय क्लबबाट मनाङमा आवद्ध भए आसिफ

सिग्नेचर मनाङ मस्र्याङ्दी क्लबले भारतीय क्लब कलकत्ता कस्टम्सबाट सार्क कोटामा सेन्ट्रल डिफेन्डर मुहम्मद आसिफलाई अनुबन्ध गरेको छ ।
शहिद स्मारक ए डिभिजन लिगमा अझै आफ्नो शुरुवाती खेल नखेलेको मनाङले आसिफलाई ६ महिनाका लागि अनुबन्ध गरेको हो । सार्क कोटामा खेलाडी अनुबन्ध गर्ने मनाङ फ्रेण्डस क्लबपछि दोस्रो नेपाली क्लब बनेको छ ।
नेपाली फुटबल क्लबहरुले केवल चार बिदेशी खेलाडीहरुलाई अनुबन्ध गर्न पाउने प्रावधान छ । जसमध्ये सार्कबाट एक खेलाडी अनिवार्य हुनुपर्नेछ ।
चर्चित नेपाली फुटबल साईट गोलनेपालका अनुसार मनाङले प्रशिक्षक फुजा टोपेको सिफारिसमा आसिफलाई अनुबन्ध गरेको क्लबले जनाएको छ ।
Post Comments