News
पिस युनाइटेड बन्यो च्याम्पियन
काठमाडौं । पिस युनाइटेडले पारा राष्ट्रिय खेलकुदअन्तर्गत एम्पुटी राष्ट्रिय पुरुष फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा पिसले एक्स आर्मीलाई २–१ गोलले पराजित गर्यो । पिसका सुजन कार्की र सुदीप चापागाईंले गोल गरे । आर्मीका राजु श्रेष्ठले सान्त्वना गोल फर्काए ।
एम्पुटी खेलकुद समाजको तत्वावधानमा राष्ट्रिय खेलकुद परिषद्द्वारा आयोजित प्रतियोगितामा पिसका सुदीप उत्कृष्ट खेलाडी चुनिए । उनले प्रतियोगिता अवधिभर ५ गोल गरे । ब्लायक हक तेश्रो भयो ।
Post Comments
Related News
- रोमाञ्चक फाइनलमा वी प्लेलाई हराउँदै मछेनारायणले उचाल्यो एरिना फुटसलको ट्रफी
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- वल्र्ड कलेज र मनकामना सेकेण्डरी स्कुल फाईनलमा
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि