
हेटौडा । वर्षको पहिलो गोल्डकपका रुपमा बिहीबारदेखि यहाँ शुरु स्थानीय तह शहिद स्मृति चौथो मकवानपुर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा नव जनजागृति युवा क्लब, सिमराले विजयी शुरुवात गरेको छ ।
हेटौडा स्थित पिप्ले क्याम्पा रंगशालामा भएको उद्घाटन खेलमा नव जनजागृतिले बागमती युवा क्लब, सर्लाहीलाई शून्यका विरुद्ध २ गोलले हराउँदै विजयी शुरुवात गरेको हो ।
नव जनजागृतिका लागि खेलको शुरुवाततिरै विवेक चौधरीले पहिलो गोल गर्दै टोलीलाई खेलमा अग्रता दिलाएका थिए । त्यस्तै खेलको अन्तिमतिर कृपाकान्त चौधरीले दोस्रो गोल थप्दै नव जनजागृतिको जित पक्का गरेका थिए ।
खेलमा बललाई अधिकांश समय आफ्नो नियन्त्रणमा राखेर पनि बागमतीले त्यसलाई सही रुपमा सदुपयोग गर्न सकेन । खेलमा नव जनजागृतिका विवेक चौधरी म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे ।
यो जितसँगै नव जनजागृति प्रतियोगिताको क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तरगत जेठ २० गते शुक्रबारको खेल भरतपुर एफसी, चितवन र चर्च ब्वाईज युनाइटेड, काठमाडौंबीच हुने आयोजकले जनाएको छ ।
त्यसअघि प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच प्रमुख अतिथी बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे, आयोजक मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामा लगायतले संयुक्त रुपमा गरेका थिए ।
कुल १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख हात पार्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेछ । फाइनल खेल यहि जेठ ३० गतेका दिन हुनेछ ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा