News
वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिता हुँदै
काठमाडौं । चावहिल स्पोर्ट्स क्लबको आयोजनामा प्रथम वडा अध्यक्ष कप खुला भेट्रान फुटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।
काठमाडौं महानगरपालिका वडा ७ को मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगितामा ४० वर्षमाथि उमेरसमूहका १४ पुरुष टिमको सहभागिता रहने प्रतियोगिता संयोजक केशर गोर्खालीले जनाएका छन् ।
विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने आयोजक क्लबका अध्यक्ष अजब श्रेष्ठले जानकारी गराए । उत्कृष्ट खेलाडी, डिफेन्डर र गोलरक्षक तथा सर्वाधिक गोलकर्तालाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ ।
सिक्स ए साइड स्वरुपमा हुने नकआउट प्रतियोगिताका खेलहरु चावहिलस्थित चन्द्रविनायक पार्कको मैदानमा हुनेछ । फाइनल जेठ ३१ गते हुनेछ ।
Post Comments
Related News
- रोमाञ्चक फाइनलमा वी प्लेलाई हराउँदै मछेनारायणले उचाल्यो एरिना फुटसलको ट्रफी
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- वल्र्ड कलेज र मनकामना सेकेण्डरी स्कुल फाईनलमा
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि