News
अर्किड र गोठाटारलाई एसइइ कपको उपाधि
काठमाडौं । अर्किड स्कुलले प्रथम हाइली एसइइ कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । गोठाटारस्थित आयोजक हाइली क्रिएटिभ इङलिस स्कुलमा भएको ब्वाइजको फाइनलमा अर्किडले बाल गीताञ्जलीलाई २–० गोलले पराजित गर्यो ।
अर्किडका शितल कार्की र योगेश विष्टले समान १–१ गोल गरे । शितल फाइनलको ‘म्यान अफ द म्याच’ घोषित भए ।
प्रतियोगितामा अर्किडका अमन कार्की उत्कृष्ट गोलरक्षक तथा अर्किडकै दिल तामाङ उत्कृष्ट प्रशिक्षक चुनिएको अर्किडका सञ्चालक प्रेमकुमार भुजेलले जनाएका छन् ।
गल्र्सतर्फको फाइनलमा गोठाटार इङलिस बोर्डिङ स्कुलले मानाङ्क चिल्डे«न प्याराडाइसलाई १–० गोलले हराउदै उपाधि जित्न सफल भयो ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै