News
बागलुङमा राष्ट्रिय मेयर कप हुने, विजेतालाई ३ लाख

बागलुङ । बागलुङ नगरपालिकाको आयोजनामा बागलुङ मेयर कप नगरपालिका स्तरीय राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ ।
जिल्ला फुटबल संघ, बागलुङको संयोजनमा यहि माघ १६ गतेदेखि शुरु हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ ।
बागलुङ नगरपालिका–१ बांगेचौर खेलमैदानमा हुने प्रतियोगिताको फाइनल खेल भने माघ २२ गते हुनेछ । त्यस्तै प्रतियोगिताको सेमिफाइनलमा पराजित हुने टोलीले पनि ६०–६० हजार हात पार्नेछ ।
प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार हात पार्नेछ भने उपविधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुले पनि जनही ५–५ हजार प्राप्त गर्नेछ । त्यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचलाई २ हजार नगदको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
Post Comments