News
भरत र नवयुग अमेरिका जाँदै
काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लबका दुई महत्वपूर्ण सदस्यद्वय भरत खवास र नवयुग श्रेष्ठ अमेरिका जाने भएका छन् । उनीहरु अमेरिकामा हुन गईरहेको पाँचौं नेपालिज अमेरिकन कन्भेन्सन सकर टुर्नामेण्टका लागि त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।
भरत र नवयुग दुवैले आयोजकको लस एन्जल्स (एलए) टिमबाट खेल्ने क्लबले जनाएको छ । स्मरण रहोस, नवयुग श्रेष्ठले हालै कुवेतमा सम्पन्न एएफसी एसियन कप छनौटतर्फ नेपाली राष्ट्रिय फुटबल टोलीको कप्तानी पनि गरेका थिए । उता भरत भने पछिल्ला केही वर्ष यता राष्ट्रिय टोलीमा छैनन् । यद्यपि आर्मीका नियमित कप्तान भने हुन् ।
क्लबका अनुसार भरत र नवयुग आज मध्यरात मै अमेरिकातर्फ प्रस्थान गर्दैछन् । उनीहरु कति दिनका लागि अमेरिका जान लागेका हुन्, त्यो भने खुलाइएको छैन ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै